थाइल्याण्डमा सकियो दोस्रो विश्वव्यापी क्याम्पेन - Sainokhabar

थाइल्याण्डमा सकियो दोस्रो विश्वव्यापी क्याम्पेन

साइनो समचारदाता

थाईल्याण्ड । सजिलो न्युज एण्ड मिडियाको दोस्रो विश्वव्यापी क्याम्पेन थाइल्याण्ड को बैंकक मा सम्पन्न भएको छ । एन आर एन थाईल्याण्ड, युमा तासी ट्राभल्स एण्ड टुर, किरात सास्कृतिक संघ र सजिलो न्युजको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई बिशेष सहयोग गरेवापत पूर्व प्राध्यापक भारती ओख्रावु लिम्बुनी, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश प्रसाद ढकाल, युमा तासी ट्राभल्स एण्ड टुर र एन आर एन लाई प्रशंसा पत्र सजिलो न्युज एण्ड मिडियाले प्रदान गरेको छ । थाई नेपाली संघ का अध्यक्ष कुवर कार्की र सजिलो न्युज एण्ड मिडियाले बिगतमा टुटेका नेपाली जनजाति सम्पूर्णलाई जोड्ने बताए । सजिलो न्युज एण्ड मिडिया को कदम राम्रो भएको मा आफु हरु सहयोग गर्ने पुर्व प्राध्यापक भारती लिम्बुनीले बताइन् । कार्यक्रम को बारे प्रस्ट पार्दै सजिलो न्युज एण्ड मिडिया प्रा लि का प्रमुख गुमान सि लिङ्देन (सेरिहाङ्) ले सजिलो न्युज एण्ड मिडियाले विश्वमा विविध कारण छरिएर रहेका सम्पूर्ण जनजातिलाई जोड्ने र सबैलाई आफ्नो पहिचान सम्रक्षणमा महत्वपूर्ण पुलको भूमिका खेल्ने समेत बताएका छन् । प्रोजेक्ट म्यानेजर अर्पण बम ठकुरीले प्राबिधिक बिषयको वारेमा जानकारी गराए ।

सम्बन्धित खवर

%d bloggers like this: