बगुंरपालन कृषक लाभान्वित - Sainokhabar

बगुंरपालन कृषक लाभान्वित

साइनो समचारदाता
पथरी । नगरको पशुपंक्षी शाखाले ३ वटा वडाका कृषकका लागि बंगुरपालन सम्वन्धी निःशुल्क तालिम सञ्चालन गरेको छ । वडा नम्वर १, २ र १० का लागि ३ दिने वंगुरपालन तालिम वडा नम्वर १० को भूटानी शरणार्थी शिविरमा सम्पन्न भएको छ ।

तालिम समापनका अवसरमा प्रमुख अतिथि नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले कृषि प्रधान नगरमा यसखाले तालिम आवश्यक र प्रभावकारी भएको बताइन् । यसैगरी, नडा नम्वर ४ मा ३ दिने कुखुरापालन तालिम पनि सम्पन्न भएको छ । नगर उपप्रमुख वास्तोलाका साथै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले तालिमका बारेमा बोलेका थिए । नगर उपप्रमुख वास्तोला सहितको टोलीले ६ नम्वर वडाको मंगलबारेमा रहेको पशुपंक्षी शाखामा आएको सामग्री निरीक्षण गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: