शुक्रबारे हटियाको आकर्षण बढ्दो - Sainokhabar

शुक्रबारे हटियाको आकर्षण बढ्दो

साइनो समचारदाता

चुलाचुली(इलाम) । साप्ताहिक रुपमा लाग्दै आएको चुलाचुलीस्तरीय कृषि तथा हाट बजार भर्ने संख्या बढ्दो छ । जिल्लाको चुलाचुली गाउँपालिका ४ नं. वडा स्थित शुक्रबारे हटिया चौथो हप्ता अघिदेखि संचालनमा ल्याइएपछि भिड्दो छ ।

तस्वीरः चेतन आङ्थुप्पो

हटियामा लुगाफाटो, कृषि सामग्री, तेल, मसला, सब्जी, मासु लगायत सामग्रीहरूको बिक्री वितरण हुँदै आएको छ । बजार समितिका अध्यक्ष थिर प्रसाद दाहालका अनुसार एक बर्ष अघि पशु तथा बाख्रा बेचविखनबाट सुरू गरिएको हटिया त्यति प्रभाबकारी भएको थिइन् । सवै खालको ९० प्रतिशत सामग्री पाउने उपभोक्तहरूको लागि शुक्रबारे बजार आयोजना गरेको अध्यक्ष दाहालको भनाई छ । हटिया लाग्नु भन्दा अगाडि २०४७ सालमा साविक चुलाचुली गाविस हुँदै आइतबारे हटिया लागेको थियो । त्यो ५ बर्ष चल्यो । रतुवापारी शरणार्थी शिविर क्याम आएपछि आइतबारे बजारले निरन्तरता नपाएको स्थानीय शुकमाया राईले वताइन् ।हटिया व्यवस्थापनकै लागि निःशुल्क रूपमा हटियामा व्यापारीहरूलाई निम्त्याएको समितिको कोषाध्यक्ष कला केरुङले बताइन् । हटिया लाग्न थालेपछि स्थानीय उपभोक्ताहरूलाई दमक जाने खर्च, समय बचत भएको बजार समितिका कोषाध्यक्ष कला केरूङको भनाइ छ । हटियामा चुलाचुली गाउँपालिकाको ५ वटा वडाहरूलाई विस्तारै समट्दै लैजाने बजार समितिको भावी योजना रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: