पब्लिक लाइब्रेरीको गुस्तरीय सेवा प्रदान गर्ने - Sainokhabar

पब्लिक लाइब्रेरीको गुस्तरीय सेवा प्रदान गर्ने

साइनो समचारदाता

दमक । ‘आवर पब्लिक लाइब्रेरी’ दमक ७ हाटखोला झापाले आफ्ना पाठकहरुलाई नियमित र गुणस्तरीय सेवा प्रदान गर्ने भएको छ ।

अध्यक्षमा दिपहादुर भुजेलका अनुसार युबा पुस्तालाई अध्ययन र चिन्तनमा अभिप्रेरित गर्न सेवा प्रदान गरिने उद्देश्यले लाइब्रेरी स्थापना भएको हो । हाल पुस्तकालयमा चार सय बढी पुस्तक राखिएको छ । उनले भने –‘हामीले अहिले बिहान पुस्तकालयमा आएर पत्रपत्रिका पढ्ने जमातका लागि फ्रि वाईफाई र चिया प्रदान गरेका छौं ।’


पु््स्तकालय सञ्चालक समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः प्रकाश सुब्बा, केफास रणपहेली र तारा रणपहेली रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः पर्शुराम राई र प्रवेश चाम्लिङ छन् । पुस्तकालका तर्फबाट आगामी दिनमा विपन्न परिवारका विद्यार्थीलाई शिक्षामा सहयोग गर्ने, इ–लाइब्रेरीको स्थापना गर्ने र अन्य सामाजिक सुधारका कार्य गर्ने योजना रहेको भूजेलको भनाइ छ । बिगतमा सक्रिय युवा क्लबको अध्यक्ष भएर आफूले सामाजिक कार्य गरेको भन्दै उनले आगामी दिनमा पनि पुस्तकालय सञ्चालनमा सबैको सहयोगको अपेक्षा राखिएको बताए ।

सम्बन्धित खवर

%d bloggers like this: