तामाङ सेलोमा प्रेम - Sainokhabar

तामाङ सेलोमा प्रेम


ऋषि राई
बेलबारी । सुन्दरहरैचा वडा न ५ मोरङका गायक प्रेम घिमिरे लामो समयबाट साङ्गेतिक जगत्मा आफ्नो छुट्टै पहिचान स्थापित गराउन संघर्ष गरिरहेका छ्न ।

संगीत मै मास्टर डिग्री गर्दै गरेका घिमिरेको केहि गीतहरु सार्बजनिक भै सकेका छ्न भने केहि गीत सार्बजनिक हुने क्रममा छ । घिमिरेले पहिलो पटक अभिनय गरेको ‘मैच्याङ कै झल्को…’बोल रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘गीतमा धेरै कमि कमजोरीहरु छ्न निखार्दै जाने छु ।’ उनले भने, ‘आफ्ना गीतमा आफै अभिनय पनि गर्ने गर्दै जानेछु ।’ भिडियोमा गायक प्रेमसंगै दोर्जे लामा, सर्मिला मगर र सुमिता चौधरीको अभिनय रहेको छ भने भिडियो निर्देशन दिनेश न्यौउपानेको रहेको छ साथै नृत्य निर्देशन कृष्ण रसलको रहेको छ।
दिपक गिरीले छायाङकन गरेको भिडियोलाई अनिल कट्वालले सम्पादन गरेका छन । उमेश लामा र विस्णु धितालको स्वर रहेको गीतको शब्द्÷संगीत छबी खड्का को रहेको छ । भिडियो हाइलाइट्स नेपाल युट्युबबाट सार्वजनिक गरिएको छ । यो गीतले धेरैको मन जित्ने आशा गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: