मन्त्री अधिकारीको अन्त्येष्टि रामघाटमा - Sainokhabar

मन्त्री अधिकारीको अन्त्येष्टि रामघाटमा

साइनो समचारदाता
कास्की । कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर २ का जननिर्वाचित प्रतिनिधि सभा सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अत्येष्टि गृहनगरको रामघाटमा हुने भएको छ ।
काठमाडौँबाट शुक्रबार मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए । मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि शवयात्रा गरिने भएको छ । पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
अधिकारी कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुना बोटमा जन्मिएका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: