भ्यालेन्टाइन डेमा नगर प्रमुख राईद्वारा सिक्का उद्घाटन - Sainokhabar

भ्यालेन्टाइन डेमा नगर प्रमुख राईद्वारा सिक्का उद्घाटन


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेका सात जना युवा ब्यवसायीले ६५ लाखको लागतमा सिक्का लन्ज एण्ड वार वीथ लाइभ म्युजिक सञ्चालनमा आएको छ ।
विहिबार पथरीशनिश्चरेका नगरप्रमुख दिलिपकुमार राईले सिक्काको उद्घाटन गरेका छन् । नगरका युवाहरु सञ्जीव गिरी, धिरेन सुब्बा, मिलेन श्रेष्ठ, पूजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राई मिली वारमा संचालनमा ल्याएका हुुन् ।
सांगीतिक वातावरणमा परिवार मैत्री सेवा दिने गरी सञ्चालनमा आएको वारमा एक पटकमा ७० जना ग्राहक बस्न सक्ने सञ्चालक सञ्जीव गिरीले बताए । गिरीका अनुसार वार सँगै २५ जना अट्ने सभा हल र ५० जना अट्ने वर्थ डे हल पनि रहेका जानकारी दिएका छन । पथरी क्षेत्रका ग्राहकहरू ठूलो खर्च गरेर छिमेकी दमक, इटहरीलगायत शहरहरूमा वारको सेवा लिन जाने गरेका छन् । अबर बारका पारखीहरुलाई नजिकै सेवा सुविधा लिन सक्नेछन् । पथरीमा सञ्चालनमा आउने वारले उर्लाबारी, रमाइलो, लेटाङ, दमक, कोर्खा, बेलबारी देखि विराटचौक सम्मका ग्राहकलाई लक्षित गरेको छ । वार बाट १० जनाले रोजगारी पाएका छन् ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सिक्का फागुन २ गते (भ्यालेन टाइन डे)को दिन देखि सञ्चालनमा ल्याउने सञ्चालकहरुले जनाएका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: