‘१ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउछौं’–मूख्य मन्त्री राई - Sainokhabar

‘१ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउछौं’–मूख्य मन्त्री राई

फिपराज बेघा
पथरी । मूख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउने बताउने बताएका छन् । उनले सबैलाई देश बनाउने दायित्व सबैको बताउँदै प्रदेश सरकार रसायन मुक्त प्रदेश, सुन्दर प्रदेश, विशाद्धिमुक्त प्रदेश, हरियाली प्रदेश बनाउन लागिरहेको बताएका छन् । प्रदेश सरकारले कृषिलाई प्रथम प्राथमिकतामा राखेको मुख्य मन्त्री राईले बताएका छन् । सामान्य रोजगारीको लागि बाहिरी जान नपरोस् भनेर कृषि क्षेत्रलाई अगाडि बढाएको राईको भनाई थियो । उनले थपे ‘प्रदेश १ लाई बलियो बनाउने आधार कृषि नै हो ।’


पथरीशनिश्चरे मोरङमा सोमबार उचित जैविक उद्योग प्रालि प्रदेशस्तरीय शाखा उद्योग उद्घाटन गर्दै मूख्य मन्त्री राईले प्रदेश सरकारले हरित अभियान तीन महिनामा मोडालिटी तयार पारी हरित प्रदेश बनाउने योजना सुनाए । उनले भने, ‘हरित अभियान कुन तरिकले सञ्चालन हुन्छ । हामीले तीन महिना भित्र मोडालिटी तयार हुनेछ । त्यसपछि हरियाली प्रदेश बनाउने, आत्मा निर्भर प्रदेश बनाउने उद्देश्यको साथ सरकार अगाडि बढिरहेको छ ।’ उनले उद्योगलाई सरकारले तत्कालै अनुदान दिने र आगामी आर्थिक वर्षमा उल्लेखनीय बजेटको व्यवस्था गर्ने, हरित अभियानमा उद्योगसँगसँगै सहकार्य गर्ने आश्वासन दिएका छन् । ‘अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र हो ।’ प्रदेश नम्वर १ देशकै उर्वर भुमि रहेको वताउदै प्रदेशलाई समृद्धि प्रदेशका रुपमा अगाडि लैजान प्रदेश सरकारले कृषिमा लगानी गरि प्रदेश १ लाई कृषिमा आत्मनिर्भर वनाउने वताएका हुन । राईले प्रदेश नम्वर १ को वातावरण र पर्यावरणलाई सरकारले मध्यनजर गर्दै प्रदेशलाई हरित प्रदेश वनाउन अभियानकै रुपमा काम थालेको समेत वताएका छन् ।


२०७४ माघ ५ गते नगर प्रमुख दिलिप कुमार राईले शिल्यान्यास गरेको थियो । उद्योगले उदुघाटनसँगै औपचारिक रुपमा जैविक मल उत्पादन थालेको हो । नगरका लागि मात्र नभएर १ नम्वर प्रदेशका कृषकहरुलाई प्रोत्साहित गर्ने काम थालेको उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुँदै आएको छ । जहाँ १० वटा संस्थाको सहकार्यमा उद्योग स्थापना गरेर वढ्दो रासायनिक मल र विषादी हटाउने अभियान अघि बढाइएको हो । सो कार्यमा सोही वडाको उत्साहि साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ । जसमा उत्साहीले सवैभन्दा बढी २१ लाख लगानी गरेको छ । कृषक समूहले ११ लाख र कृषि सहकारी संस्थाले न्यूनतम् ५ लाख रुपैयाँका दरले त्यहाँ लगानी भएको र आगामी ५ वर्ष भित्रमा ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले वताए ।


१ विगाहा जग्गा वार्षिक २५ हजारमा १५ वर्षे लिजमा लिएर १ वर्षअघिबाट उद्योग निर्माण थालिएको थियो । प्रतिघण्टा १ टन मल उत्पादनको क्षमता रहेको उद्योगका सञ्चालकले वताए । पहिलो वर्ष दैनिक ७ टन उत्पादनको लक्ष्य रहेको भएतापनि । यो वर्ष २ करोडको कारोबार गर्ने र अर्को वर्ष दोब्बर बनाएर लैजाने उद्योगको लक्ष्य रहेको छ । उद्घाटन कार्यक्रममा प्रदेश सभासद सुयर्माराज राई, नगर प्रमुख दिलिप कुमार राई, वडा नम्वर २ का वडा अध्यक्ष तथा उद्योगका आन्तरिक लेखा संयोजक याम प्रसाद गुरागाई, किसान राष्ट्रिय आयोग प्रदेस संयो मिना तामाङलगायतले सम्बोधन गरेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: